२०८३, आश्विन २८ गते

राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत

राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत

    काठमाडौं। राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन्। मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन्।

    ३० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।

    एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij