काठमाडौं। अमेरिकामा आगामी अगष्टमा हुने छैटौँ आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट सञ्चारकर्मी एवं प्रसिद्ध गीतकार लोकराज अधिकारी मनोनीत भएका छन्।
गीतकार अधिकारीलाई भोट गर्न प्रेस युनियन, पत्रकार महासंघ लगायतका विभिन्न संघ सस्थाका पदाधिकारीले सामाजिक सन्जाल मार्फत अपिल गरेका छन्।
देशान्तर मिडिया प्रालीका अध्यक्ष एबम वरिष्ठ पत्रकार कविर राणा, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल, पुर्व अध्यक्ष एवम राससका अध्यक्ष धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसि लगायत अग्रज पत्रकारहरुले अधिकारीलाई भोट गर्नका लागि अपिल गरेका हुन्।
यस्तै अधिकारीलाई भोट गर्न प्रतिनिधि सभाका सदस्य दुर्लभ थापा, पोल्याण्ड मुख्य कार्यालय रहेको मेरो रिजर्भेसन प्रालीका प्रबन्धक तथा अभियन्ता डा. मित्रलाल पार्धे लगाएतले पनि भोटका लागि अपिल गरेका छन्। यस्तै गीतकार संघ नेपाल्, संगीत उध्योग संघ नेपालले पनि सस्थागत भोट अपिल गरेका छन्।
अमेरिकाको एटलान्टामा आगामी अगष्ट २४मा हुने इन्टरनेशनल सिइगर संघ राइटर्स एशोशिएनले आयोजना गरेको छैटौँ ‘आइएसएसए अन्तर्राष्ट्रिय अवार्ड’मा नेपालबाट अधिकारी मनोनित भएका हुन्।
विभिन्न ४६ विधाको अवार्डमा नेपालबाट एक जना मात्र मनोनयनमा परेको र गीतकार अधिकारी अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेको आयोजकले जनाएको छ।
अधिकारीसँगै उक्त विधामा विश्वका विभिन्न देशका ६८ जना मनोनयनमा परेका छन्। आयोजकले अप्रिल ३० सम्म इलेक्ट्रोनिक भोटिङ खुला गरेको छ। गीतकार अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा सिंगो नेपाल र नेपाली भाषी गीतकारको प्रतिनिधित्वका रूपमा यो मनोनयनलाई लिएको बताएका छन्।
अब भोटिङबाट टप २० को छनौट हुने आयोजकले जनाएको छ। मे २ मा टप २० को घोषणा हुनेछ। गीतकार अधिकारीले देश विदेशबाट सबैले भोट गरेर नेपाललाई टप २० मा पुराउन आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय मंचमा महोत्सव, फेस्टिफल र कन्सर्ट जस्ता कार्यक्रममा नेपाली कलाकार श्रष्ठा, सर्जकको उपस्थितिमा र प्रस्तुती रहेपनि गीतको अन्तर्राष्ट्रिय अवार्डमा नेपालका तर्फबाट मनोनयन भएर प्रतियोगी गीतकार हुने अधिकारीले पहिलो अवसर पाएका हुन्।
भोटका लागि एउटा डिभाइसबाट दैनिक एक पटक भोट गर्न सकिने आयोजकले जनाएको छ। नाममा टिक लगाएर भोट लेखिएको अप्सनमा पुगेर भोट गर्न सकिन्छ। यो अवार्डमा अन्तर्राष्ट्रिय तर्फ एशिया महादेशबाट छैटौं सस्करणमा नेपाल मनोनयनमा परेको हो।
गीतकार अधिकारीका ‘तिम्ले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउदै’, ‘मर्छु बरु छट्पटीमा’, ‘हेप्नी मलाई’, ‘भन्नू हुन्थ्यो बा ले’, ‘ओ ओ मेरो परान’ लगाएत दजर्नौ गीत श्रोता दर्शक माझ लोकप्रीय छन्।