२०८३, आश्विन २९ गते

हङकङ १ सय १४ रनमा अलआउट, पाँच बल मात्रै फालेका दिपेन्द्रले लिए २ विकेट

हङकङ १ सय १४ रनमा अलआउट, पाँच बल मात्रै फालेका दिपेन्द्रले लिए २ विकेट

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • हङकङ १ सय १४ रनमा अलआउट, पाँच बल मात्रै फालेका दिपेन्द्रले लिए २ विकेट

    काठमाडौं। ओमनमा जारी एसीसी प्रिमियर कपमा हङकङ १ सय १४ रनमा अलआउट भएको छ। ओमनको अल अमरेत क्रिकेट–१ मा बर्षाले प्रभावित बनेको खेल १८ ओभरमा झारिएको थियो। हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो। 

    नेपालले हङकङलाचई जित्न अब १ सय १५ रन बनाउनु पर्नेछ। आजको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई सस्तैमा समेट्न सफल भए। नेपालले सुरुबाटै हङकङलाई दबाबमा राखेको थियो।

    नेपालका लागि अविनाश बोहोराले सर्वाधिक ३ तथा ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट चट्काए। दिपेन्द्रले अन्तिम ओभरको चौंथो र पाचौं बलमा लगातार विकेट लिएका हुन्। उनले जम्मा ५ बल मात्रै फालेका थिए। ललितको नाममा आज विकेट मेडन ओभर पनि रहयो।

    हङकङका लागि कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए।

    आजको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई सस्तैमा समेट्न सफल भए। नेपालका लागि अविनाश बोहोराले सर्वाधिक ३ तथा ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट चट्काए।

    दिपेन्द्रले अन्तिम ओभरको चौंथो र पाचौं बलमा लगातार विकेट लिएका हुन्। उनले जम्मा ५ बल मात्रै फालेका थिए। ललितको नाममा आज विकेट मेडन ओभर पनि रहयो।

    हङकङका लागि कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij