२०८३, आश्विन २७ गते

माधव नेपालमाथी ओलीको कटाक्षः दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो

माधव नेपालमाथी ओलीको कटाक्षः दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • माधव नेपालमाथी ओलीको कटाक्षः दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमाथी फेरि खनिएका छन्।

    उनले एकिकृत समाजवादी पार्टीको चर्को आलोचना पनि गरे। एमाले संसदीय दलको सोमबारको बैठकमा अध्यक्ष ओलीले समाजवादीमा अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र भएको तर्क गरे।

    ओलीले खसमा यसो भन्नुका पछाडीको कारण भने सुदूरपश्चिम प्रदेशको राजनीतिक समिकरण हो। केन्द्रमा एमाले–माओवादीसहितको गठबन्धनमा रहेको समाजवादीले सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस गठबन्धनलाई साथ दिएको छ।

    यहि कुरालाई ओलीले आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको एकीकृत समाजवादीले कांग्रेसलाई जिताउने र समीकरण कमजोर बनाउन भने नागरिक उन्मुक्तिलाई नै पहिलो कार्यकाल दिन तयार भएको बताएका हुन्।

    ओलीले राजनीतिक समीकरण परिवर्तन गरेर मुलुक र जनतामा आशाका किरण फर्कन लागेका बेला सुदूरपश्चिमको मुख्यमन्त्री चयनका सवालमा नेकपा एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएर निराशा थप्ने काम गरेको बताएका हुन्।

    बैठकमा ओलीले भने, ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो।’ उनले एकीकृत समाजवादीले यसअघि पनि आन्तरिक रूपमा त्यसखाले प्रवृत्ति देखिइनै रहे पनि हिजोबाट बाहिर नै प्रकट भएको बताए।

    ओलीले थपे, ‘दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो’ कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ कांग्रेसको पक्षमा गरेको भन्दै उनले भने, ‘यसले फरक पार्नेवाला छैन।’

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij