२०८३, आश्विन २७ गते

दिलिप परिवारले छाड्यो अमेरिका

दिलिप परिवारले छाड्यो अमेरिका

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • दिलिप परिवारले छाड्यो अमेरिका

    काठमाडौं। नेपाली चलचित्र क्षेत्रका एक चर्चित अभिनेता तथा चलचित्र निर्माता हुन, दिलीप रायमाझी।

    नेपाली चलचित्रमा काम गरिरहेका दिलिप केही बर्ष अगाडि नेपालबाटै अमेरिकाको ग्रिन कार्ड लिएर उनी स–परिवार एक्कासी अमेरिका पुगे। धेरैले उनलाई यहाँ चलचित्र चल्न छोडेपछि वा चलचित्रको अफर कम भएपछि अमेरिका पुगेको आरोप पनि लगाए त्यो बेला।

    दिलिपले भने आफ्नो पारिवारिक कारणले अमेरिका पुगेको बताएका थिए। दिलिप अमेरिका पुगेपछि डान्स स्टुडियो खोलेर नृत्य सिकाउन सुरु गरेका थिए। उनी त्यहाँ एक डान्सिङ रियालिटी शोको मुख्य जज भएर पनि काम गरेका थिए।

    तर, अब स्थायीरुपमै बस्ने गरि रायमाझीको परिवार अमेरिकादेखि नेपाल फर्किएको छ। यसका लागि उनले हालै नयाँ बानेश्वर क्षेत्रमा घर समेत किनेका छन्। उनको परिवार नयाँ घरमा सरिसकेको छ।

    छोरी दिव्या गतसाता काठमाडौं आइपुगेर डेब्यु तयारीमा रहेको फिल्म ‘एक्टर’को कार्यशाला ज्वाइन गरिसकेकी छन्। अब नेपालमै बस्ने गरि अमेरिकादेखि फर्किएको जानकारी दिलिपले मिडियालाई बताएका छन्।

    छोरी दिव्याले अब फिल्म र अध्ययनलाई काठमाडौंबाट निरन्तरता दिने दिलिपले बताए। रायमाझी चलचित्र ‘आदिकवि भानुभक्त’बाट नेपाली चलचित्रमा प्रवेश गरेका हुन्।

    दिलिपले अभिनय गरेका ‘जिन्दगानी, आफ्नो मान्छे, आफ्नो घर आफ्नो मान्छे, के भो लौन नी, सुपरस्टार, बादलपारि, दर्पण छाया, मितिनी’ लगायतका चलचित्रले उनलाई सो समयको सर्वाधिक व्यस्त नायक बनाइदिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij