संसद पुन:स्थापनाको माग गर्दै १४६ सांसदको सर्वोच्चमा रिट

जेठ १० गते ।

विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुन:स्थापना गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटमा उनीहरुले संसद पुन:स्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा संसद विघटन गरेर ०७८ कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दाबी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित सोमबार रिट तयार पारेका हुन् ।

सर्वोच्च अदालतमा दायर भएको रिटमा कांग्रेसका ६१, माओवादीका ४८, एमालेका २५,  जसपाका १२ र जनमोर्चाका १ गरी १४७ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया