संसद विघटनविरुद्ध रिट हाल्न सिंहदरबारमा हस्ताक्षर संकलन सुरु

जेठ ९ गते । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ ।

‘कांग्रेस, माओवादी, लगायत पार्टीका सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन हुन्छ । त्यसपछि संयुक्त बैठक बस्छ र सर्वोच्च जाने कुरा आज या भोलि भन्‍ने तय हुने नेताहरुले बताए ।

प्रतिक्रिया