सरकार बनाउन नसकेपछि प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा

संविधान अनुसार वैकल्पिक सरकार बन्न नसकेपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गर्दै नयाँ चुनाव घोषणा गरेकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेकी छन् । राष्ट्रपति भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको हो ।

राष्ट्रपतिबाट ओली र देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी भएपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।

प्रतिक्रिया