प्रधानमन्त्रीमा देउवाको दाबी

कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ । एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ -एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २६, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

प्रतिक्रिया