बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

जेठ ६ गते । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।

देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच मतमध्ये ५८ मत प्राप्त गर्दा थापाले ४५ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गरेका छन् । देवकोटाले स्थानीय तहतर्फ कुल दुई सय ३३ मत खसेकोमा १२८ मत प्राप्त गरेका थिए । थापाले एक सय तीन मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवार तामाङले दुई मत प्राप्त गरेका थिए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

प्रतिक्रिया