बादललाई मत नदिनु आपतिजनक भएकाे एमालेको निर्णय

जेठ ६ गते । नेकपा एमालेले पार्टीको उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको बताएको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गरेको भन्दै भर्त्सना गरेको छ । वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि बिहीबार भएको उपचुनावमा एमाले उम्मेदवार रामबहादुर थापा बादलले माधवकुमार नेपाल समूहका जनप्रतिनिधिको मत नपाएको सूचनाका आधारमा बैठकले भत्र्सना गर्ने निर्णय गरेको हो ।

जेठ २ मा पार्टी विवाद समाधान गर्न कार्यदल बनेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनले बताए । बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीको उम्मेदवारलाई मतदान नगर्नु संसदीय प्रणाली र पार्टीको अनुशासन विपरीत भएको बताएका थिए । ‘पार्टीको उम्मेदवारविरुद्ध उभिने प्रवृत्ति अलिअलि देखिएको छ । त्यो प्रवृत्ति ठीक होइन, संसदीय प्रणालीमा त्यो घातक र स्वीकार्य नहुने प्रवृत्ति हो । त्यसलाई भर्त्सना गर्नुपर्छ’ ओलीको भनाइ थियो ।

प्रतिक्रिया