एमालेको स्थायी कमिटी बैठक सुरू

जेठ ६ गते । एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ।

एमाले पार्टी भित्रको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षले कार्यदल गठन गरे पनि कार्यदलको बैठक एक पटक मात्रै बसेको छ।

बिहिबार बस्ने भनिएको कार्यदल बैठक अन्तिम समयमा स्थगित भएको थियो। कार्यदलको बैठक आज ५ बजेको लागि बोलाइएको छ।

राष्ट्रिय सभाको उपनिर्वाचनलाई समेत मध्यनजर गरेर आजको बैठक बोलाइएको हो।

राष्ट्रिय सभा उपनिर्वाचनमा ओली र नेपाल पक्षरले आ-आफ्ना उम्मेदवार उठाएका छन्। ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उमेदवार छन्।

नेपालका तर्फबाट खिमलाल देवकोटा उम्मेदवार बनेका छन्।

स्थायी कमिटी बैठक सकिएलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

प्रतिक्रिया