अष्ट्राजेनेका खोप उपलब्ध गराइदिन प्रधानमन्त्रीको बेलायती राजदूतलाई अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजदूतसँग नेपाललाई खोप उपलब्ध गराउन अनुरोध गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री ओलीको कार्यालयमा शिष्टाचार भेट गर्न गएकी बेलायती राजदूत निकोला पोलिटसँग प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले बनाएको कोरोनाविरूद्ध खोप उपलब्ध गराउन अनुरोध गरेका हुन्।

प्रधानमन्त्रीले यस क्रममा बेलायतले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए। भारतबाट तत्कालै खोप आउने सम्भावना नदेखिएका बेला प्रधानमन्त्री ओलीले बेलायती दूतलाई खोप उपलब्ध गराइदिन अनुरोध गरेका हुन्।

प्रतिक्रिया