कोरोनाले गर्दा केही साता अझै चुनौतीपूर्ण हुने स्वास्थ्य मन्त्रालयको भनाइ

रोल्पा– जेठ ३ गते ।

थप केही साता नेपालका लागि चुनौतीपूर्ण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सोमबार मन्त्रालयले सूचना गर्दै आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको जनाएको छ।

मन्त्रालयले निषेधाज्ञाको पूर्ण पालना नभएको भन्दै मानिसहरूको आवतजावतमा ५९ प्रतिशत मात्र कमी पाइएको जनाएको छ। साथै, सरकारले बढी जोखिम रहेको भनेर सूचीकृत गरेको ठाउँमा समेत मानिसहरू खुलेआम हिँडिरहेको भन्दै जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ। गएको २४ घण्टामा मात्र ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय १४ जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया