त्रिवेणी गाउँपालिका रोल्पाका विद्यालयकाे वार्षिक परिक्षा बैशाख १९ बाट हुने

प्रतिज्ञा घर्ति मगर

वैशाख १२,राेल्पा ।

त्रिवेणी गाउँपालिका रोल्पामा संचालित विद्यालयहरु (कोभिड १९)कोरोनाको कारणले गर्दा वार्षिक परिक्षाहरु बैशाख १९ गतेबाट संचालन गरिने भएको छ ।जेठ २३गते बाट गर्ने भनिएको वार्षिक परिक्षाहरु बैशाख १९ गते बाट संचालन हुने भएको हाे।

केही दिन यता संक्रमित मृतक सँख्या समेत देश भरमा बढदो क्रममा रहेकाले त्रिवेणी गाउँपालिकामा पनि कोरोनाको संक्रमिण बढ्ने अबस्था र परिस्थिति जटिल हुने भएकाले जेठ २३ गतेबाट संन्चालन हुने भनिएको विद्यालयहरुको बार्षिक परिक्षाहरु बैशाख १९ गते देखि २ सिफ्टमा परिक्षाहरु संन्चालन गरिने गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिएका छन त्यस्तै कक्षा ६,७र ९का विद्यार्थी भाईबहिनीहरुले बिहान ८बजे देखि ११बजे सम्म  र कक्षा१,२,३,४,५र ८का विद्यार्थी भाईबहिनीहरले दिउँसो १वजे देखि ४ बजे सम्म परीक्षा दिने अध्यक्ष वलीले बताए।

त्यस्तै त्रिवेणी गाउँपालिका रोल्पामा पनि २जनालाई कोरोणा कोरोनाको संक्रमित देखिएकाले सँक्रमणको संख्या यहि गतिमा बढ्दै गए केही दिनमै संक्रमणको संख्या नियन्त्रण बाहिर जान सक्ने अवस्था भएकाले विद्यालयका वार्षिक परिक्षाहरु तोकिएको समय भन्दा अगाडि सारेकाे शिक्षा शाखाका सहायक लिला घर्तीले बताएका छन।

१९ गते देखि संन्चालन हुने वार्षिक परिक्षाहरुमा आधारभुत विद्यालयर र मा.वि गरि जम्मा ७सय २९ जना विद्यार्थी भाई बहिनीहरुले परिक्षामा सहभागी भएर परीक्षा दिने छन।

प्रतिक्रिया