काेराेनाबाट बच्न गाउँपालिकामा कडाइ

 

प्रतिज्ञा मगर

बैशाख १२ राेल्पा ।

त्रिवेणी गाउँपालिकाभित्र प्रवेश गर्ने नाका त्रिवेणी गाउँपालिका वडा न. ४ स्थित निगालपानी नाकामा हेल्थडेस्क स्थापना गरि भारत तथा अन्य तेस्रो मुलुक र नेपालकै विभिन्न जिल्लाबाट त्रिवेणी गाउँपालिकामा प्रवेश गर्ने व्यक्तिको स्वास्थ चेकजाँच गर्ने भएकाे छ भने काेभिड १९ का सम्भावित लक्षण देखिएका वा कन्ट्रयाक्ट ट्रेसिङमा परेका ब्यक्तिहरुकाे स्वाब संकलन जुगार स्वास्थ्य चाैकि र नुवागाउँ स्वास्थ्य चाैकिबाट गरिने भएकाेछ ।त्यस्तै भारत वा अन्य मुलुक बाट त्रिवेणी गाउँपालिकामा आएका ब्यक्तिहरु अनिवार्य हाेम क्वारेन्टाइनमा १५ दिन सम्म बस्नु पर्ने र काेभिड १९ पाेजेटिभ देखिएका ब्यक्तिहरुलाई गाउँपालिकाले व्यवस्था गरेकाे आईसाेलेसनमा बस्नु पर्ने छ।

त्यस्तै त्रिवेणी गाउँपालिका भित्रमा आवतजावत गर्ने सार्वजनिक यातायातहरुले अनिवार्य रुपमा सेनिटाईजर प्रयाेग गर्नुपर्ने ,यातायात साधनहरुकाे सिट क्षमता भन्दा बढि यात्रुहरु राख्न नपाईने र प्रत्येक यात्रुहरुले अनिवार्य रुपमा माक्स लगाउँनु पर्ने छ। साथै काेराेनाकाे संक्रमणकाे अत्यन्त जाेखिम अवस्था रहेकाले आम नागरिक सचेत र चनाखो हुनुपर्नेमा यस गाउँपालिकाले सम्पूर्ण आम त्रिवेणी बासीलाई समेत अनुराेध गरेकाे छ।

त्रिवेणी गाउँपालिकामा पालिका स्तरीय द्रुत प्रतिकार्य समूह (RRT)काे बसेकाे बैठकले यस्ता निर्णाय गरेकाे हाे ।

गाउँपालिका अध्यक्ष शान्त कुमार वलीकाे अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत तथा यस द्रुत प्रतिकार्य समूह (RRT)काे संयाेजक निम बहादुर केसीकाे उपस्थितिमा संचालन भएकाे थियाे  । पालिका स्तरीय द्रुत प्रतिकार्य समुहको (RRT)काे बैठक तथा काेभिड १९ लगाएतका विभिन्न महामारी राेगहरुकाे राेकथाम नियन्त्रण एवम् निगरानीका लागि त्रिवेणी गाउँपालिका भित्रका सराेकारवाला संग व्यापक रुपमा छलफल गरिएकाे छ।

प्रतिक्रिया