पत्रकार महासंघ रोल्पाको निर्वाचनका दुई अध्यक्षको उम्मेदवारी

रोल्पा, २२ चैत ।
आगामी चैत २५ गतेका दिन हुने नेपाल पत्रकार महासंघ रोल्पा शाखाको निर्वाचनमा अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । छुट्छुटै दुई प्यानलमा रहेकामध्येका प्रेस यूनियनको नेतृत्वमा प्रेस चौतारी र जनपत्रकार संगठनको तर्फबाट माधवकुमार वली र प्रेस सेन्टरको नेतृत्वमा प्रेस यूनियनको टोलीको तर्फबाट नविन लोचन मगरले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् । रोल्पामा जम्मा ७८ जना साधारण सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया