बालअधिकार समितिद्वारा विद्यालय छोडेका बालबालिकाको घरभेट कार्यक्रम सम्पन्न

रोल्पा , २२ चैत ।
सबै बालबालिकालाई विद्यालयमा ल्याउने क्रममा रोल्पाको त्रिवेणी गाउँपालिकाको बालअधिकार समिति घरदैलो कार्यक्रम गरेको छ । त्रिवेणी गाउँपालिका वडा नं. ५ को बालअधिकार समितिले आफ्नो वडाका विद्यालयहरुबाट विद्यालय छोडेका बालबालिकाको घरघरमा पुगी छोड्नुको कारण र पुनः विद्यालयमा ल्याउनेका बारेमा अभियान चलाएको हो । वडा नं. ५ का वडा अध्यक्ष वा वडा बालअधिकार समितिका अध्यक्ष कृष्णबहादुर केसीको नेतृत्वमा रहेको टोलीले विद्यालय छोडेका बालबालिकाको घरमा पुगी बालबालिका र अभिभावकसंग छलफल गरेको हो ।
विद्यालय छोडेका बालबालिकालाई पुनः विद्यालयमा ल्याउन आवश्यक सहयोग गर्ने बारेमा वडा तथा गाउँपालिकाबाट परामर्श गरेको त्रिवेणी गाउँपालिका वडा नं. ५ की सचिव हिरा वलीले बताउनुभयो । परिवारमा विभिन्न समस्याका कारण बाध्यतावश विद्यालय छोडेका बालबालिका र अभियानलाई आवश्यक सहयोग गरी पुनः विद्यालयमा ल्याइने तर घरको अवस्था ठीकै हुदाहुदै अभिभावकको वेवस्ताको कारण बालबालिकालाई विद्यालय नपठाएको भए घर परिवारका सदस्यहरुले सरकारबाट पाउने विभिन्न सेवामा बञ्चित गरिने समेत अनुगमन टोलीले बताएको छ । अनुगमन टोलीमा गाउँपालिकाकी शिक्षा अधिृकत अमृता बुढाथोकी, प्रहरी चौकी नेर्पाको प्रतिनिधि, विद्यालयका प्रधानाध्याक, अधिकार समितिका पदाधिकारी, बालक्लव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया