पोखरामा कोरोनाबाट एक पुरुषको मृत्यु

६ फागुन, काठमाडौं । कास्कीको पोखरामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिका-११ का ७१ वर्षीय पुरुषको बुधबार राति १०:४७ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

मधुमेहका बिरामी समेत रहेका उनीमा माघ १० मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया