लाइसेन्स नबोक्ने माथि प्रहरीकाे निगरानी

तुलसीपुर
४-फागुन / तुलसीपुरमा प्रहरीले सवारी चालक अनुमतिपत्र (लाईसेन्स) नभएका मोटरसाइकल तथा स्कुटर चलाउने २३ जनालाई आज पनि नियन्त्रणमा लिएको छ । मापदण्ड विपरीत मोटरसाइकल र स्कुटर चलाएको भन्दै प्रहरीले आज २३ जनालाई तुलसीपुरको विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाको विभिन्न स्थानबाट २३ जनालाई लाइसेन्स विनाको सवारी साधन चलाएको भेटिएसंगै नियन्त्रणमा लिएको छ । मंगलबार बिहान साढे सात बजेदेखि साढे नौँ बजेसम्ममा २३ जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको डिएसपी सिंहले बताए ।

नियन्त्रणमा लिइएकालाई उनीहरुका आफन्ती तथा सम्बन्धीत व्यक्तिलाई सम्पर्क गरी सम्झाई बुझाई गरिने समेत बताएका छन् । त्यस्तै सोमबार नियन्त्रणमा लिइएका ४४ जनालाई कानुनी प्रक्रिया पुरा गरि प्रति व्यक्ति ५०० देखि १५०० जरिवाना तिराएर छोडिएको बताए ।

प्रतिक्रिया