पार्टीमा विरोध गर्नेलाई ओलीले एक–एक गरी सिध्याउँछन्ः नेपाल

२१पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफ्नो विचार नमान्ने सबैलाई एक–एक गरी सिध्याउने बताएका छन् ।

जनता समाजवादी पार्टीले मंगलबार नयाँबानेश्वरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘केपी ओलीले सिध्याउन अहिले पार्टीभित्रबाट सुरु गरेका छन्,’ ‘विरोध गर्ने अरुलाई पनि एक–एक गर्दै सिध्याउँदै जानुहुन्छ।’

संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गरेकाले ओलीलाई कारबाही गरिएको उनको भनाइ थियो।

प्रतिक्रिया