काठमाडौं उपत्यकामा १४०९ जना संक्रमित

२३ असोज, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

प्रतिक्रिया