कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६० लाख

२३असोज, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख २ हजार ८२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ७७९ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ४९ हजार ८१० संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया