गुल्मी अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द

१०असोज,काठमाडौँ। गुल्मी अस्पताल तम्घासको आकस्मिक बाहेकका अन्य सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पाच्यलाई कोरोना संक्रमण पुष्टि भएसँगै आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ ।

अस्पतालले सार्वजनिक रुपमा सूचना जारी गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने जनाएको हो ।

प्रतिक्रिया