नेकपामा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

४असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

मन्त्रिपरिषद पुनर्गठनबारेमा आजको सचिवालय बैठकमा छलफल भएपनि नामबारे छलफल नभएको र आवश्यकता परेमा नामबारे पनि प्रधानमन्त्रीसँग पछि छलफल गर्न सकिने प्रवक्ता श्रेष्ठले बताए।

सोमबार फेरि बैठक बस्नेगरि आजको बैठक सम्पन्न भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया