आजको राशिफल

२०७७, भदौ ३० गते मंगलबार

मेषः दिन मध्यम छ । टाढाबाट नराम्रो समाचार आउनेछ । मन खिन्न हुन सक्नेछ । निर्णय क्षमता घट्नेछ । स्वास्थ्यप्रति पनि सावधान रहनु नै बेस हुनेछ ।

वृषः दिन नितान्त प्रतिकूल छ । काम गर्ने अनुकूल वातावरण देखिदैन । हरेक कामप्रति सचेतताको खाँचो रहनेछ । ठूलो कामको अपेक्षा छैन ।

मिथुनः दिन उत्तम छ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । उत्तरदायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । व्यस्तता बढ्नेछ ।

कर्कटः दिन मध्यम छ । आर्थिक मामिलामा निकै सचेत रहनु बेस हुनेछ । ठूलो योजनाको काममा हात नराख्नु नै उचित हुनेछ ।

सिंहः दिन भाग्यवर्धक छ । उच्चस्तरीय व्यक्तिसँग भेटघाट हुनेछ । विद्यामा प्रगति हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ ।

कन्याः दिन नितान्त प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । आटेको काममा व्यवधान आउनेछ । घमण्ड हानिकारक रहनेछ ।

तुलाः दिन उत्तम छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । कार्यसम्पादनमा गति थपिनेछ । विद्याबुद्धि बढ्नेछ । मनमा सन्तोष मिल्नेछ ।

वृश्चिकः दिन अनुकूल छ । आटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक मान सम्मान तथा पुरस्कार प्राप्त हुनेछ ।

धनुः दिन ठिक छैन । धर्मकर्ममा निकै व्यवधान आउन सक्छ । हरेक काममा सावधानीको खाँचो रहनेछ । स्वास्थ्यमा गडबड हुनेछ ।

मकरः दिन प्रतिकूल छ । टाढाको नराम्रो समाचारले मन खिन्न हुनसक्नेर्छेछ । धैर्य गर्नु पर्नेछ । काममा सावधानीका आवश्यकता महसुस हुनेछ ।

कुम्भः दिन अत्युत्तम छ । सन्तानबाट सुख मिल्नेछ । व्यापार व्यवसाय फलदायी रहनेछ । प्रियजनसँग भेटघाट हुनेछ ।

मीनः दिन उत्तम खालको छ । शत्रु पराजित हुनेछन् । आटे ताकेको काम बन्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । आत्मबल वृद्धि हुनेछ ।

प्रतिक्रिया