आजकाे राशिफल

२०७७ भदौ १५ गते सोमबार

मेषः दिन अनुकूल छ । आटे ताकेको काम बन्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन काम बन्नेछ ।

वृषः दिन ठिक रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । धर्मकर्म गरिनेछ । आफन्तबाट सहयोग पाइनेछ । दानपुण्यले मनमा सन्तोष मिल्नेछ ।

मिथुनः दिन प्रतिकूल रहनेछ । आटेको काममा व्यवधान आउनेछ । महŒवपूर्ण कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।

कर्कटः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग पाइनेछ । व्यापार व्यवसाय बढ्नेछ ।

सिंहः दिन सार्थक रहनेछ । शत्रु परास्त हुनेछन् । शारीरिक सबलता बढ्नेछ । मनोबल उच्च रहनेछ । मावलीतिरबाट आर्थिक सहयोग मिल्नेछ ।

कन्या ः दिन सार्थक रहनेछ । मनमा चिन्ता कम हुनेछ । बुद्धिवर्धक काम गरिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

तुलाः दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । ठूलो लगानीको काममा हात नहाल्नु बेस हुनेछ । मनमा दुविधा बढ्न सक्छ ।

वृश्चिकः दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । यश, कीर्ति मिल्नेछ । सामाजिक काममा सहभागी भइनेछ । दायित्व थपिनेछ ।

धनुः दिन अनुकूल रहनेछ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । शरीर निकै तन्दुरुस्त हुनेछ ।

मकरः दिन भाग्यवर्धक रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । आत्मबल बढ्नेछ । दीर्घकालीन काम बन्नेछ ।

कुम्भः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । अनावश्यक घमण्ड बढ्नेछ ।

मीनः दिन उत्तम खालको रहनेछ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । महिलाका तर्फबाट फाइदा हुने देखिन्छ । मन प्रसन्न हुनेछ ।

प्रतिक्रिया