
९ भदौ, काठमाडौँ । कैलालीमा आइसोलेसनमै महिलाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकाको आईसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको हो ।
घोडाघोडी नगरपालिका–११ को आईसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको सोमबारराति मृत्यु भएको कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।
उनका अनुसार मृतक महिलाका दुबै मिर्गौला फेल भएकाले भारतबाट घर ल्याईएको हो । भारतको अस्पतालमा उपचार सम्भव नभएको भनेपछि ति महिलालाई घर ल्याईएको बुझिएको छ ।
ति महिला केहीदिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेको बताइएको छ ।
श्रीमान र छोरामा कोरोना देखिएपछि ति महिलालाई पनि वडा नम्वर ११ को आईसोलेसनमा राखिएको थियो भने सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको स्थायी घर बझाङ हो । मृतकको स्वाब संकलन हुने बताईएको छ ।