कास्कीमा ८७ वर्षे कोरोना संक्रमितको मृत्यु

२ भदौँ, पोखरा । कास्कीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा.अर्जुन आचार्यले विज्ञप्ति मार्फत थप एकजना पुरुषको मृत्यु भएको पुष्टि गरेको हो ।
पोखरा महानगरपालिका–१६ का ८७ वर्षका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
प्रतिष्ठानका अनुसार ती पुरुष साउन ३२ गते श्वासप्रश्वास, तथा उच्च ज्वरोको समस्या लिएर अस्पताल भर्ना भएका थिए । उनको भदौं १ गते कोरोना पुष्टि भएकाले प्रतिष्ठानले कोभिड उपचार केन्द्रको आइसीयुमा राखेर उपचार शुरु गरेको थियो ।कास्कीमा ८७ वर्षे कोरोना संक्रमितको मृत्यु

२ भदौँ, पोखरा । कास्कीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा.अर्जुन आचार्यले विज्ञप्ति मार्फत थप एकजना पुरुषको मृत्यु भएको पुष्टि गरेको हो ।
पोखरा महानगरपालिका–१६ का ८७ वर्षका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
प्रतिष्ठानका अनुसार ती पुरुष साउन ३२ गते श्वासप्रश्वास, तथा उच्च ज्वरोको समस्या लिएर अस्पताल भर्ना भएका थिए । उनको भदौं १ गते कोरोना पुष्टि भएकाले प्रतिष्ठानले कोभिड उपचार केन्द्रको आइसीयुमा राखेर उपचार शुरु गरेको थियो ।

प्रतिक्रिया