भारतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो

२ भदौ,काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या २७ लाख नाघेको छ ।

भारतमा एकैदिन ५४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ५४ हजार २८८ जना संक्रमित भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २७ लाख १ हजार ६०४ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

प्रतिक्रिया