बालुवाटारमा भेला हुँदै नेकपाका सचिवालय सदस्य

१ भदौ,काठमाडौँ , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । सोमबार बिहान ९ बजे बालुवाटारमा सुरु हुने बैठकमाले पार्टीको आन्तरिक विवाद समाधानका लागि शुक्रबार गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्र्यदलको कार्यदेश पनि तयार पार्ने नेकपाका नेताहरुले बताएका छन् ।

गत १७ असारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्रीु एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि खासगरी २ अध्यक्षबीच दूरी बढेको छ । दुवै पद नछाड्ने अडानमा रहेका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नै आफूविरुद्ध माहोल तयार गरेको बुझेका छन् ।

यद्यपि, गत साता दुवै अध्यक्षबीच निरन्तर द्विपक्षीय छलफल भएको थियो । छलफलकै क्रममा ओली र प्रचण्डले गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल बनाएका थिए ।

प्रतिक्रिया