रोल्पामा ग्लोबल बैंकका एक कर्मचारीमा कोरोना पुष्टि

३२ साउन, रोल्पा। रोल्पा सदरमुकाम लिबाङमा रहेको ग्लोबल आईएमई बैकका एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत हप्ता नेपालगञ्जबाट सरुवा भई रोल्पाका कर्मचारीमा आज भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा कोरोना भाइरस पुष्टि भएको हो ।

उनीसँगै सरुवा भएर आएका कर्मचारीमा भने नेकेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी नेरन्द्रकुमार रानाले बताएका छन् ।
संक्रमित व्यक्तिको सम्पर्कमा आएका १८ जनाको स्वाब संकलन गरी परिक्षणको लागि दाङ पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कोराना फोकल पर्सन अरुण भिटुले बताएका छन् ।

प्रतिक्रिया