सिटीलाई पराजित गर्दै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा

३२साउन,एजेन्सी । फ्रान्सेली लिग वान क्लब लियोन यूईएफए च्याम्पियन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा प्रीमियर लिग क्लब म्यान्चेस्टर सिटीलाई ३(१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

लिस्बनमा भएको खेलमा लियोनको जितका लागि मोउसा डेम्बेलेले दुई गोल गरे । उनले मैदान प्रवेश गरेको नौ मिनेटमा नै दुई गोल गतेका हुन् । त्यस्तै म्याक्सवेल कोरेन्टले एग गोल गरेका थिए । सिटेका लागि केभिन डि ब्रुइनेले एक गोल फर्काएका थिए ।

खेलको २४ औं मिनेटमा कोरेन्टले गोल गर्दै लियोनलाई पहिलो हाफमा १(० गोलको अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा सिटीका डि ब्रुइनेले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले रहिम स्टर्लिङको पासमा गोल गर्दै खेल १(१ को बराबरीमा ल्याएका हुन् ।

त्यसपछि खेलको ७५ औं मिनेटमा कप्तान मेम्फिस डेप्यको स्थान मैदान प्रवेश गरेका डेम्बलेले दुई गोल गरेका हुन् । उनले खेलको ७९ औं मिनेटमा हौसेम अओउअरको पासमा गोल गर्दै लियोनलाई पुनः २(१ गोलको अग्रता दिलाए । ८६ औं मिनेटमा स्टर्लिङले खाली पोस्टमा गरेको प्रहार आकाशिदा सिटी बराबरी गर्नबाट चुकेको थियो । त्यसको एक मिनेट नबित्दै डेम्बलेले व्यक्तिगत दोस्रो गोल गर्दै लियोनलाई ३(१ को जित दिलाएका हुन् ।

लियोनले अब फाइन प्रवेशका लागि जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखसँग खेल्ने छ । बायर्नले स्पेनिस क्लब बार्सिलोनालाई ८(२ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाई सकेको छ।

प्रतिक्रिया