नेकपामा विवाद सुल्झाउन कार्यदल गठन, महासचिव संयोजक

३० साउन ,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।

शुक्रबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भएको भेटमा कार्यदल गठन गर्ने सहमति भएको हो । कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

कार्यदलले छिट्टै पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताए ।

प्रतिक्रिया