सिन्धुपाल्चोकको लिदीमा पहिरो, २१ घर पुरिए

३०साउन,काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी शुक्रबार विहान गएको पहिरोमा २१ घर परिएका छन् ।

सिन्धुपाल्चोक प्रहरी प्रवत्ता माधव प्रसाद काफ्लेका अनुसार शुक्रबार बिहान साढे ६ बजेको समयमा सुख्खा पहिरो गएको हो । पहिरोमा परी घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छ ।

पहिरोले ठूलो मानवीय क्षति गरेको हुन सक्ने उनले बताए । काफ्नेका अनुसार अहिले बेपत्ताको उद्दार र खोजी भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया