मास्क नलगाई हिँड्ने चार लाख बढी प्रहरीको नियन्त्रणमा

२९ साउन, काठमाडौं। सरकारले मास्क नलगाई हिँड्ने चार लाखभन्दा बढीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

गृहमन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार हालसम्म मास्क नलगाई हिँडेका चार लाख १९ हजार ५ सय ३८ जनालाई नियनत्रणमा लिइएको हो ।

जसमध्ये तीन लाख ५४ हजार आठ सय २४ जनालाई सम्झाएर छाडिएको, ३९ हजार पाँच सय ७ जनलाई मास्क दिएर छाडिएको र २५ हजार दुई सय सात जनालाई कारबाही गरिएको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया