विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९९लाख बढी

२८साउन, काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या विश्वमा २ करोड नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९९ लाख ३६ हजार २१० पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया