एउटै फिल्ममा हरिवंशसंगै पल र प्रदीप

२७साउन, फिल्म । नेपाली फिल्मनगरीमा सोसल ड्रामा फिल्म ‘चंखे शंखे पंखे’ मार्फत निर्माताको रुपमा उदाएका सन्तोष सेनले नयाँ फिल्मको तयारी थालेका छन् । उनले नयाँ फिल्म कमेडी जनरमा रहने स्वयम् सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

प्रेम कथानक फिल्म ‘प्रेम गीत’ को सिरिजलाई दर्शक माँझ ल्याइरहेका सेनले यसपटक कमेडी रोजेका छन् । ‘प्रेम गीत’ को तेस्रो सिरिज मार्फत छेतेन गुरुङसंग सहकार्य गर्दै निर्देशनमा समेत पाइला टेकेका सेनले नयाँ फिल्मको निर्देशन पनि छेतेनसंगकै सहकार्यमा गर्दैछन् ।

वर्किङ्ग टाइटल ‘हुतुतु’ भनिएको फिल्ममा हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेनको अभिनय रहने जानकारी सार्वजनिक तस्बिरले दिएको छ ।

फिल्ममा महिला कलाकार भने चयन गरिएको छैन । निर्माता सेनले छिट्टै महिला कलाकार पनि फाइनल गर्ने सामाजिक सञ्जालमा बताएका छन् । फिल्मको कथा सन्तोष सेनको हो भने त्यसलाई पटकथामा ढाल्ने काम छेतन गुरुङ र अभिमन्यू निरवीले गरिरहेका छन् ।

प्रतिक्रिया