डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु

२७साउन, काठमाडौँ । डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मंगलबार विहान १ बजे आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी खलगडामा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा  लोगे लुहारकी श्रीमती बिस्ना लुहार, उनका छोरा पारस, ७ वर्षीया छोरीहरू जेनिसा र ५ वर्षकी सिरु लुहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । अनुसार घटनामा थप ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा घरधनी लोगे लुहार, उनकी आमा, सासू आमा, सालो र २ वर्षीया छोरी रहेका छन् ।

उनीहरूलाई उद्धार गरेर उपचारका लागि दिपायल ल्याइरहेको प्ररीले बताएको छ

प्रतिक्रिया