प्रदेश २ मा ९ प्रहरीसहित थप ५५ जनामा कोरोना पुष्टि

२७साउन, काठमाडौँ । प्रदेश—२ मा थप ५५ जनामा कोरोना भाइरस ९कोभिड(१९० पोजिटिभ देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पीसीआरपरीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

अस्पतालका अनुसार संक्रमितमध्ये ३ जना बारा स्थायी घर भएका हुन् । वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक जना गरी ९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका चिकित्सक डा। निरजकुमार सिंहले जानकारी दिए ।

संक्रमित ५५ मध्ये १७ जना महिला हुन् । ५ जना संक्रमितमा ज्वरो र खोकीको लक्षण देखिएको छ ।

सोमबार राति संक्रमण पुष्टि भएका ५५ जनामध्ये १० जना संक्रमित वीरगन्ज महानगरपालिका–४ विर्ताका बासिन्दा हुन् । ५ जना संक्रमित वीरगन्ज(१ छपकैयाका र ३ जना संक्रमित माइस्थानका हुन् ।

अन्य संक्रमित वीरगन्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्लीका बासिन्दा हुन् ।

१ जना संक्रमित भने पर्साको धोबनी गाउँपालिकाका हुन् । नारायणी अस्पतालका थप ५ जना स्टाफमा पनि कोरोना पोजिटिभ देखिएको छ । कृषि सामग्री प्रालिका १ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया