धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

२६ साउन, जनकपुरधाम । धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर–५ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो ।

प्रतिक्रिया